०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०५, २०७९
Sorry No Photo is selected hare

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य व्यापक रूपमा बढेसँगै नेपाल आयल निगमले पछिल्लो सात-आठ वर्षमा पहिलो पटक इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई आपूर्तिको पूर्ण रूपमा भुक्तानी गर्न नसकेको अधिकारीहरूले बताएका छन्।

आयल निगमले प्रत्येक १५ दिनमा आईओसीलाई रकम भुक्तानी गर्ने गरेको छ।गत मे ९ (वैशाख २६) मा निगमले झन्डै २५ अर्ब रुपैयाँ तिर्नुपर्ने थियो । तर रकमको अभाव भएपछि निगमले झन्डै १२ अर्ब रुपैयाँ मात्र भुक्तानी गर्न सकेको र बाँकी १२ अर्ब ८० करोड रुपैयाँ तिर्न नसकेको निगमका अधिकारीहरूले बताएका छन्।

नेपालमा किन ८४ रुपैयाँमा किनिएको पेट्रोललाई उपभोक्ताले १४२ रुपैयाँ तिर्नुपरेको छ?
नेपालमा किन पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ
“यो पछिल्लो सात-आठ वर्षमा पहिलो पटक यस्तो भयो। योभन्दा अगाडि निगमको आर्थिक अवस्था यस्तो कमजोर थिएन। हामी नियमित रूपमा किस्ता तिरिरहेका थियौँ,” निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने।

 

निगमले आगामी साता आईओसीलाई झन्डै १८ अर्ब रुपैयाव तिर्नुपर्ने छ। यसअघिको बक्यौता समेत जोड्दा झन्डै ३१ अर्ब रुपैयाँ तिर्नुपर्ने हुन्छ।

त्यसमध्ये इन्धनको विक्रीवितरण गरेर १० अर्ब रुपैयाँसम्म बजारबाट उठ्ने आकलन निगमको छ।

“पूरै रकम जोहो गर्न नसक्ने भएकोले हामीले सरकारसँग अनुरोध गरिरहेका छौँ,” उपाध्यायले भने।

नेपाल आयल निगमको पेट्रोल ट्याङ्क
उनका अनुसार विगतमा निगमले समयमै रकम भुक्तानी गर्न नसक्दा आईओसीले तेल आपूर्ति नै घटाइदिएको थियो। पछि सरकारी तहबाट अनुरोध गरिएपछि मात्रै अवस्था सुधार भएको थियो।

”अहिले तत्कालमा ऊ (आईओसी)बाट त्यस्तो केही प्रतिक्रिया त पाइएको छैन। अब भोलि के हुन्छ अहिले मैले भन्न केही सक्दिनँ,” उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]