सप्तरी – मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते भएकी थिइन्। उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
हाल फरार मोटरसाइकल चालकको खोजी प्रहरीले गरिरहेको छ। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी तीन वर्षीया सुस्मिताकुमारी मेहताको मृत्यु भएको छ। को.२३ प ५२१८ नम्बरको मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्। उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
हाल मोटरसाइकल चालक फरार छन्। प्रहरीले खोजी गरिरहेको जनाएको छ।