१४ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०६, २०७९

काठमाडौं- ब्युटी पेजेन्टमा सहभागी १६ वर्षकी किशोरीलाई कार्यक्रम सञ्चालक तथा फोटोग्राफरले बलात्कार तथा यौनशोषण गरेको विवरण दुई दिनदेखि सामाजिक सञ्जालमा छरपस्ट छ । तर, ‘कानुनी प्रक्रियाका कारण’ प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन ।

‘यस विषयमा हामीलाई कुनै उजुरी परेको छैन, सामाजिक सञ्जाल र न्युज पोर्टलहरूबाट हामीले थाहा त पायौं’, नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले नेपाल समाचारपत्रलाई बिहीबार भन्नुभयो– ‘हामी बुझ्दै छौं, आवश्यक कदम चाल्छाै‌ ।’ ‘जस्टिस फर भिक्टिम’ ह्यासट्यागमा पीडित किशोरीले गरेको बयान छ । पीडितका अनुसार उनीमाथि आठ वर्षअघि यो यौनहिंसा भएको हो । अहिले २४ वर्षकी उनले मनोज नामका ब्युटी पेजेन्ट सञ्चालक र श्रीधर नामका फोटोग्राफरले पेयमा नशालु पदार्थ मिसाई खुवाएर बलात्कार गरेका थिए ।

उनका अनुसार २०७१ सालमा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ ब्युटी पेजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले टिकटक भिडिओमा भनेकी छन् ।त्यति बेला ब्युटी पेजेन्टमा सहभागीलाई पनि त्यसबारे जानकारी गराएको उनले बताएकी छन् । तर, कसैले पनि आफूलाई साथ नदिएको उनको भनाइ छ । यसरी साथ नदिनेमा पहिला मिस नेपाल भइसकेकी र महिला अधिकारका पक्षमा बोल्ने एक टेलिभिजन कार्यक्रमकी सञ्चालिकाप्रति पनि उनले आक्रोश पोखेकी छन् ।
यौन हिंसाका कारण दुईपटक आत्महत्याको प्रयास गरेको पीडित रेग्मीले भिडिओमा बताएकी छन् । त्यसको असरले अहिले पनि थेरापी गरिरहनुपरेको उनको भनाइ छ ।

यतिका वर्षसम्म पनि यो पीडा कम नभएपछि अहिले बोल्न बाध्य भएको उनले बताएकी छन् । ‘मैले यो कुरा धेरै वर्ष मनमा राखेँ, तर म सन्चो भइनँ,’ उनले भनेकी छन्, मैले थेरापी गरेँ, कति पैसा खर्च गरेर औषधि खाएँ, तर मानसिक आघात बढिरह्यो ।आफूले लामो समय यो अपराध सहेको बताउँदै अरूले यस्तो भोग्न नपरोस् भनेर सार्वजनिक गरेको उनको भनाइ छ । उनले भिडिओमा भनेकी छन्– ‘यदि कोही केटी भोलि मोडल हुन चाहन्छौ भने आफ्नी ममीलाई नलिई नजाऊ । मैले गरेको जस्तो गल्ती नगर !’उनको टिकटक भिडिओ सार्वजनिक भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरू पीडित युवतीको पक्षमा बोलिरहेका छन् । केही प्रतिनिधिमूलक भनाइ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]