१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०६, २०७९

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद कानुनबाट हटाउन माग गरेका छन् । एक युवतीले आफू बलात्कारमा परे पनि न्याय नपाएको कुरा सामाजिक संजालमार्फत सार्वजनिक गरेपछि पौडेलले ट्विटरमार्फत बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेस खाने तथा अपराधिले सहजै उन्मूक्ति पाउने अवस्था आउन नहुनेमा उनले सचेत गराएका हुन् ।

“मुलुकी अपराध संहिता २०७४, बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ । पीडितहरु प्रताडनाबाट गुज्रने गरेको पाइएको छ,” पौडेलले लेखेका छन्, “बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेस खाने तथा अपराधीले सहजै उन्मूक्ति पाउने अवस्था छ । यस्ता अपराधमा हदम्याद तोकिनु हुन्न ।”

केहीदिन अघी मात्रै एक युवतीले सुन्दरी प्रतियोगिताका आयोजकबाटै ८ वर्षअघि बलात्कारमा परेको घटना सार्वजनिक गरेपछि सामाजिक सन्जालमा बलात्कारका मुद्दामा उजुरीको हदम्याद हट्नुपर्ने बहस भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]