०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०८, २०७९

कम्तिमा १२ देशमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएसँगै विश्वमा नयाँ संक्रमण फैलिन सक्नेतर्फ विज्ञहरुले सचेत गराएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कुनै पनि देशको नाम नलिइकन थप ५० शंकास्पद केसहरू अनुसन्धान भइरहेको जनाएको छ । अझै बढी संक्रमित बढ्ने चेतावनी पनि डब्लूएचओले दिएको छ ।

अमेरिका, क्यानडा र अस्ट्रेलियाबाहेक ९ ओटा युरोपेली देशहरुमा संक्रमण पुष्टि भइसकेको छ । मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम क्षेत्रमा मंकीपक्स बढी मात्रामा देखिन थालेको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो एक दुर्लभ भाइरल संक्रमण हो, जसको सामान्यतया हल्का असर हुन्छ र अधिकांश संक्रमित केही हप्तामा निको हुन्छन् ।

भाइरस मानिसमा सजिलै नसर्ने र जोखिम निकै कम रहेको बताइएको छ । मंकीपक्सको लागि कुनै विशेष खोप छैन । तर, बिफरको खोपले ८० प्रतिशत सुरक्षा प्रदान गर्दछ, किनकी दुई भाइरसहरू निकै समान छन् ।

हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा केसहरू पुष्टि गरेका छन् । शुक्रबार एक विज्ञप्तिमा डब्ल्यूएचओले हालैका प्रकोपहरू असामान्य रहेको र त्यो अन्य देशहरुमा फैलिएको जनाएको छ । (न्युज कारखाना)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]