सुनसरी — इटहरीमा नेकपा एमालेका नेता डम्बर सुवेदीमाथि आक्रमण भएको छ । नेकपा एमाले प्रदेश एक सदस्य रहेका उनीमाथि आइतबार बिहान तीन जनाको समूहले इटहरीको संगीत चोक क्षेत्रमा आक्रमण गरेको हो ।
एमाले निर्वाचन परिचालन समितिका सह–इन्चार्ज समेत रहेका उनीमाथि इटहरीको अन्तिम मत परिणाम सार्वजनिक भएपछि बिहान बाटो हिँड्दै गर्दा आफूमाथि कैलाश विष्ट नाम बताउने युवाको समूहले आक्रमण गरेको उनले बताए । आक्रमणमा संलग्न ती युवाहरुले ‘तँलाई कुटेपछि अब द्वारिकलाल चौधरीलाई कुट्ने’ भन्दै भागेको सुवेदीको भनाइ छ ।
आक्रमणमा संलग्न भएको आरोप लागेका विष्ट केशवकुमार विष्टका छोरा हुन् । इटहरी उपमहानगरपालिकाको आइबार बिहान सम्पन्न मत गणनामा आफ्नो बुबा उपमेयरमा पराजित भएपछि विष्टले रोष प्रकट गरेको सुवेदीको भनाइ छ ।
उनीमाथि आक्रमण भएको विरोधमा एमाले कार्यकर्ताले इलाका प्रहरी कार्यलय इटहरी अगाडि प्रदर्शन गर्दै केहीबेर चक्काजाम गरेका छन् ।