जिल्लामा दुई शिक्षक पक्राउ परेका छन् । छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ ।
जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै त्यहाँका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलका अनुसार शिक्षक निलकण्ठ बस्याल र प्रकाश भट्टराई पक्राउ परेका हुन् ।
बस्यालले २०७८ भदौ महिनादेखि र भट्टराईले २०७८ माघ महिनादेखि एक छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, बालयौन दुव्र्यवहारका कार्यहरु गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी खरेलले बताए ।
प्रहरीले यस विषयमा अनुसन्धान थालेको जनाएको छ ।