खाँदबारी– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ मा एक किशोरी अचेत अवस्थामा फेला परेकी छन्। बाटोभन्दा मुन्तिर करिब १९ वर्षीया किशोरी अचेत अवस्थामा फेला परेकी हुन्।
अचेत अवस्थामा फेला परेकी किशोरीको टाउकामा चोट लागेको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले नेपाल लाइभलाई जानकारी दिए। अहिले उनको ओखलढुंगाकै मिसन अस्पतालमा राखेर उपचार गराइएको छ।
थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको डीएसपी खनालले बताए। किशोरीलाई बलात्कार गरेर कुटपिट गरी फालिएको आशंका गरिएको छ।
उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आइनसकेकाले बलात्कार नै हो भन्ने पुष्टि भने भइनसकेको डीएसपी खनालले बताए।