०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०८, २०७९

चीनले कोभिड महामारीको कारण नेपालबाट हुने सिधा उडान रोक्दै आएकोमा उडान खुल्ला गरेको हो।

२ वर्षदेखि कार्गो उडान हुँदै आएकोमा अब नियमित उडान हुने भएको छ। नेपाल चिन उडान भर्ने हिमालय एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग चीन उडानको लागि तालिका पाएको छ।

‘चीनबाट नेपाल उडान गर्ने एयरलाइन्सलाई हामीले उडान तालिका दिएकै थियौँ तर चीनमा यात्रु लैजाने अनुमति नहुँदा उडान हुनसकेको थिएन’, नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘हिमालय एयरलाइन्सले चीनमा नियमित प्यासेन्जर उडानको अनुमति पाएसँगै यहाँबाट उडान तालिका स्वीकृत गरेको छ।’

चीनले कोभिड महामारी नियन्त्रणमा रहेका देशमा जुन पहिलो साताबाट उडान भर्ने नीति लिएको छ। सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइनाले सेलेक्टेड क्षेत्रमा उडान अनुमति दिने निर्णय गरेको छ।

यसमा नेपालमा पनि उडान नियमित खोल्ने प्राधिकरणले विश्वास लिएको छ।

‘हिमालय एयरलाइन्सले नियमित उडानको लागि तालिका पाएसँगै नेपाल उडान गर्ने चिनियाँ कम्पनीले पनि औपचारिक जानकारी गराउलान्’, ती अधिकारीले भने, ‘चीनले कोभिड नियन्त्रणमा रहेका देशमा जुनबाट उडान गर्ने निर्णय गरेको छ। नेपालमा पनि उडान गर्छ।’

२ वर्षमा नेपाल–चीनबीच थुप्रै चार्टर्ड उडान भए पनि नियमित उडान हुनसकेका छैनन्।

‘चीनले उडान अनुमति नदिँदा प्राधिकरणसँग उडान तालिका माग गरेको थिएन’, उनले भने, ‘हिमालय एयरलाइन्सले २४ मेबाट नेपाल चीन उडानको लागि प्राधिकरणबाट उडान अनुमति पाएको छ।’

हिमालय एयरलाइन्सले काठमाडौं–कुनमिङ सिधा उडान तालिका प्राधिकरणबाट लिएको छ। हिमालय एयरलाइन्सले मे अन्तिमबाटै कुनमिङ उडानको लागि बुकिङ खुल्ला गरिसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]