काठमाडौं – वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका पाँचथर जिल्ला फिदिम नगरपालिका ६ सिवाका युवा शुक्र तुम्रोक लिम्बुको शव नेपाल ल्याउन आर्थिक सहयोग संकलन सुरु गरिएको छ ।
मलेसिया स्थित कम्पनीको आफ्नै कोठामा मृत फेला परेका लिम्बुको शव नेपाल पठाउन दक्षिण कोरीयामा रहेका नेपाली कामदारहरुले आर्थिक सहयोग संकलन सुरु गरेका हुन् ।
उनी कार्यरत कम्पनीले कुनै वास्ता नगरेको र मृतकको शव नेपाल पठाउने खर्चसमेत नभएपछि कोरियमा रहेका कबीन्द्र नेम्वाङको अगुवाइमा आर्थिक संकलन सुरु भएको हो । नेम्वाङका अनुसार अहिले आर्थिक सहयोग जुट्नेक्रम जारी छ ।
त्यहाँ रहेका गैरआवासीय नेपाली संघहरुसँग पनि आर्थिक सहयाता जुटाउन आग्रह गरिएको कबीन्द्रले बताए । खर्च जुटाएर मृतक शुक्र लिम्बुको शव नेपाल पठाइने तर, मलेसियामा रहेको नेपाली दूतावासबाट भने शव नेपाल पठाउन खास पहल नभएको उनको भनाई छ ।
उनले दक्षिण कोरियामा रहेका जिल्ला निवासीहरुसँग आर्थिक सहयता मागिएको बताए । शव नेपाल पठाउनका लागि अरु जो सुकैले पनि इच्छाअनुसार व्यक्तिगत भेटेर वा दिइएको बैंक खातमा रकम जम्मा गर्नसक्ने बताएका छन् ।
कबीन्द्रले बैंक खाता नम्बर रकम जम्मा गरी रसिद पठाउन आग्रह गरिएको बताए । उनले आइतवारसम्ममा १८ जनाले आर्थिक सहयाता उपलब्ध गराएको जानकारी दिए । नेम्वाङले निम्म बैंक खाता नम्बरमा सहायता जम्मा गर्न सकिने बताए ।