बैंकिङ कसुर मुद्दामा बिगो रकम एक करोड १० लाख भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
सर्लाही हरिपुर नगरपालिका-१ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने ३४ वर्षीय नरेन्द्रप्रकाश सुवेदीलाई पक्राउ गरेको हो।
उनीविरूद्ध बैंकिङ कसुर मुद्दामा एक करोड १० लाख बिगो रकम कायम गरी जाहेरी परेको थियो। गत वर्ष फागुन २० गते उच्च अदालत पाटन ललितपुरबाट प्रहरीले पक्राउ अनुमति लिएको थियो।फरार रहेका उनलाई कार्यालयको टोलीले पक्राउ गरी प्रहरी वृत्त जनसेवा पठाएको बताएको छ।