काठमाडौँ – आज बिहीबार प्रतिनिधिसभा बैठक बस्दैछ।प्रतिनिधिसभाको सभाहल नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत गर्दै छलफल सुरु हुने कार्यसूचीय संघीय संसद सचिवालयले जनाएको छ।
स्रोतका अनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन्।त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।