१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १२, २०७९

विराटनगर – कक्षा ५ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरबाट एक शिक्षक पक्राउ परेका छन् ।

शिक्षकले गर्ने यौन दुर्व्यवहारका घटना एकपछि अर्को गर्दै बाहिर आईरहेको बेला विराटनगरमा पनि एक शिक्षकमाथि यस्तो आरो लागेको हो ।विराटनर ४ स्थित सिर्जना ज्ञानकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत ११ वर्षीया बालिकामाथि यौनदुर्व्यवहार गरेको घटना बाहिरिएको छ । प्रहरीले पीडितको उजुरीका आधारमा शिक्षक तेजेन्द्र कर्णलाई बुधबार नियन्त्रणमा लिइएको छ ।गणीत विषयका शिक्षक कर्णले छात्रालाई ढेड महिना अगाडी यौन दुर्व्यवहार गरेको दावी छ । पीडितले प्रहरीमा आफुमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका कर्णले कक्षा ५ मा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेपछि उनी सबैभन्दा पछाडीको सिटमा बस्दै आएकी थिइन् । विद्यालयका विद्यार्थीका अनुसार शिक्षकले सिकाउने नाममा होस् वा अभ्यासका नाममा छात्रामाथि यौन दुर्व्यवहारको प्रयास गर्ने गर्दथे ।‘बारम्बार कक्षाका क्याप्टेनलाई जानकारी गराउने गरेका थियौं, अफिसमा गएर जानकारी गराउँदा खासै केहि हुन्थ्यो’ एक विद्यार्थीले भने ।पछिल्लो समय छात्रालाई यौन दुर्व्यवहार गरेपछि उनी कक्षामा एकोहोरिएकी थिइन् । घरमा पनि एकहोरो भएपछि अभिभावकको सोधखोजबाट उनी पीडित भएको खुलेको थियो । शिक्षकले बाल यौन दुव्र्यवहार गरेको खुलेपछि प्रहरी प्रशानमा पुगेका हौं, पीडितकी आमाले भनिन्, ‘घटनाको अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छौं ।

पक्राउ परेका शिक्षकले यस अघि पनि पटक पटक अन्य विद्यार्थीहरुलाई पढाउने बहानामा शरिरका विभिन्न अङगहरुमा छुने गरेको विद्यार्थीहरुले बताएका छन् । घटना पहिल्यैदेखि हुँदै आएपनि विद्यालय प्रशासनको वेवास्ताले थप छात्राहरु पीडित भएको खुलेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]