०१ माघ २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १२, २०७९

नेपालगञ्ज उपमहानगरपालिकामा १५ जना निवर्तमान वडाध्यक्षले फेरि चुनाव लडे । तीमध्येमा पाँच जना दोहोरिएका छन् । दश जना पराजित भएका छन् ।

नेपालगञ्जमा २३ वटा वडा छन् । आठ जना वडाध्यक्षले फेरि चुनाव लडेनन् । चुनाव लडेकामध्ये पाँच जनामात्रै भाग्यमानी ठहरिए भने दश जना असफल भएका हुन् । एउटै पदमा फेरि दोहोरिन साह्रै गाह्रो हुने गर्दछ । पहिलोपटकमा चुनाव लड्न जस्तो सहज हुँदैन । पाँच वर्षसम्म काम गर्दा कतिपय रिसाएका हुन्छन् । यो अवधिमा कति खुसी पनि हुन्छन् । दोहोरिएर चुनाव लडेकामध्ये धेरै पराजित हुनुले खुसी हुने भन्दा रिसाउने नै बढी हुने कुरामा बल पु-याउँछ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ मा वडाध्यक्ष प्रमोद रिजाल दोहोरिए । २०७४ सालको चुनावमा निकटतम प्रतिस्पर्धीलाई ३ सय १ मतले पराजित गरेका रिजालले यसपटक ५४ मतान्तरले मात्र जिते । यो वडामा २०७४ सालमा एमालेले रिजालसहित तीन जना वडा सदस्य जितेको थियो । यसपटक वडाध्यक्षमात्रै जितेको छ । चार जना सदस्य कांग्रेसले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यसपटक कांग्रेसबाट साख्खै दाइ विनोद रिजाल चुनाव लडेकाले प्रमोदको मत कटेको आँकलन गरिएको छ । वडा नं. ३ का अयुव सिद्धिक पनि दोहोरिएका छन् । माओवादी केन्द्रका अयुवले यसपटक ठूलो चुनौतीका बीचमा चुनाव जिते । सिद्धिकीले पनि प्यानल नै जित्न सकेनन् ।

वडा नं. ६ का समीरप्रताप सिंह, १८ का दीपक वर्मा र १९ नम्बरका परशुराम कुर्मी दोहोरिएर वडाध्यक्ष भएका छन् । समीर र दीपक एमाले र परशुरामले कांग्रेसबाट वडाध्यक्ष जितेका हुन् । वडा नं. ५, ८, ११, १२, १४, १५, २०, २१, २२ र २३ नम्बरका निवर्तमान वडाध्यक्ष दोहोरिन सकेनन् । आठवटा वडाका वडाध्यक्षले पुनः चुनाव लडेनन् ।चुनावी सरगर्मी अर्थात् टिकट बाँडफाँडको समयमा नेपालगञ्जमा दोहोरिन नचाहने वडाध्यक्ष १३ नम्बरका वीरेन्द्र शाहमात्रै थिए । शाहले शुरुदेखि नै म फेरि वडाध्यक्ष लड्दिन भनिरहेका थिए । शाहबाहेक सबै वडाध्यक्ष दोहोरिन चाहन्थे । निवर्तमान वडाध्यक्षलाई कति पार्टीले फेरि टिकट दिए त कतिले दिएनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]