सर्लाहीको बिष्णु गाउँपालिकामा करेन्ट लागेर छिमेकी युवकको मृत्यु बारीधनीलाई प्रहरीले पक्राउ गरेको छ।
बिष्णु-६ का ३६ वर्षीय शैलेन्द्र रामको करेन्ट लागेर मृत्यु भएको हो। स्थानिय लालबाबु महतोका करेसा–बारी करेन्ट लाग्दा रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
रामको मृत्यु भएपछि घटना अनुसन्धानका लागि बारीधनी महतोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए।