काठमाडौं- काठमाडौं महानगरपालिकामा बिजय भए पछि बालेन शाहले राष्ट्रिय सभा देखी तीनकुनेसम्मको क्षेत्रफलमा बिजयी जुलुस सुरु गरेका छन ।
राष्ट्रियसभावाट सुरु भएको बिजय जुलुसमा उनका समर्थकहरुले सहभागीता जनाएका छन । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा बिजयी हासिल गरेका हुन ।
बिजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन । बिजय रयाली जारी छ । तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन ।
राष्ट्रिय सभागृहबाट सुरु भएको विजयी जुलुस सभागृह–भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर फर्किनेछ ।
कोटेश्वोर–तिनकुने–सिनामङ्गल–तिलगङ्गा–गौशला–चावाहिल–माहारजगन्ज–सामाखुशी–नयाँबसपार्क–स्वयम्भू–सितापाइला–कलंकी–बल्खु–कुलेश्वोर–कालिमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा हुँदै खुलामञ्चमा गएर धन्यवादसभामा परिणत हुने बताइएको छ ।