काठमाडौं- दाङमा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु भएको छ । आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लमही नगरपालिका–१, गौराह जंगलमा सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुक पड्किँदा गौराह, वसन्तपुर बस्ने २३ वर्षीय कालुराम घर्तीमगरको शुक्रबार दिउँसो मृत्यु भएको हो । उनीसहित नौजना सिकार खेल्न गएका थिए ।
सँगै गएका ४२ वर्षीय बुद्धिराम घर्तीमगरले बोकेको भरुवा बन्दुक एक्कासि पड्किँदा कालुरामको घाँटीमा छर्रा लागेर मृत्यु भएको सूचनापछि प्रहरी टोली खटिएको थियो । प्रहरीले कालुरामसँगै गएका आठजनालाई चारथान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।