सप्तरी – रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले रुपनी टोल जाने बाटो इनजिन्यर सहित निरीक्षण गर्दै ठेकेदार लाई तत्काल बनाउन आदेश दिएका छन ।
रुपनी टोल जाने बाटो अत्यन्तै खराब भएकाले मान्छे समेत जान कठिन भएको भन्दै यादवले बाटो अबिलम्ब बनाई दिन ठेकेदार लाई आदेश दिएका हुन् । अध्यक्ष यादवले जे जत्ति जनशक्ति लगाएर बाट अबिलम बनाउन थालि हाल्नुस भन्दै आदेश दिएका हुन् ।
सहरी बिकाश परियोजनामा रहेको उक्त बाटो समयमा बनाउन न सक्दा हिल्याम रहेको अवस्थामा धेरै नै जन गुनासो आउन थालेपछि नव निर्वाचित अध्यक्ष यादव ले सो बिषयलाई अबिलम्ब पहल गरेको हो ।जोशी उदय जोइन्टभेन्चर ले ठेक्का लिएको उक्त बाटो तत्कालै निर्माणमा लागेका छन ।