आइतबाट लमजुङमा टिपर दुर्घटना हुँदा ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ।
मध्यपहाडी लोकमार्गमा पर्ने मध्य नेपाल नगरपालिका ७ सोतीखोला नजिकै आइतबार दिउँसो बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटनामा परेको थियो।
दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका टिपर चालक २७ वर्षीय आकाश घिमिरे, गोरखा नगरपालिका(१२ का २४ वर्षीय रवीन्द्र सेडाइँ, तनहुँ व्यास नगरपालिका(७ कलेस्तीका ४५ वर्षीय उत्तम न्यौपाने र सल्यान कमाख गाउँपालिकाका २२ वर्षीय पारस शाह छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार चालकको टिपरबाट उछिट्टिएर मृत्यु भएको हो भने बाँकी तीनजनाको सोही टिपरले च्याप्दा मृत्यु भएको हो।
साँघुरो सडक र अधिक भारका कारण टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतक सबै मध्यनेपालस्थित मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुर हन्।