१० पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १७, २०७९

श्रीमानले मलद्वारबाट लौरो घुसाएर गम्भीर घाइते भएकी गीता माझीको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा रहेकी माझीको सोमबार राती ११ बजे ज्यान गएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

श्रीमानले मलद्वारबाट लौरो घुसाएको कारण उनको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो । गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा हिजो सोमबार शल्यक्रिया गरिएको थियो ।

तर, राती ११ बजे एक्कासि मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको उपचारमा संलग्न डाक्टरलाई उद्धृत गर्दै अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार घर भएकी ३८ वर्षीया माझीलाई उनका श्रीमान रामचन्द्र माझीले पटक–पटक कुटपिट गर्दै आएका स्थानीयले जानकारी दिएका छन् ।

गीता ज्याला मजदुरीको काम गरेपनि बिहानैदेखि रक्सी पिउँदै बस्ने रामचन्द्र केही काम गर्दैन थिए । गीताले कमाएर ल्याएको पैसाबाट आफूलाई रक्सी खाने पैसा नदिए कुटपिट गर्ने सोही वडाका वडा सदस्य ज्ञान्ती पासवानले बताइन् ।

सुकुम्बासी माझीको उपचार खर्च भरतपुर अस्पतालको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन इकाई (ओसीएमसी) बाट निशुल्क उपचार हुँदै आएको थियो । तर, गीताको मृत्युपछि काजकिरिया गर्ने खर्च समेत नभएको उनका आफन्त तथा स्थानीयले बताएका छन् ।

गीताको ३ छोरी छन् । एक छोरीको विवाह भइसकेको छ भने दुई जना नाबालक छन् ।

गीताका श्रीमान प्रहरी हिरासतमा छन् । सोमबारसम्म उनका विरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]