सप्तरी – रुपनी गाउँपालिका वडा नम्बर १ रुपनी स्थित रहेका रुपनी देबी को मन्दिरको पुनर्निर्माणका लागि सिलिन्यास सम्पन्न भएको हो ।
आज बुधबार एक कार्यक्रम बीच रुपनी माता को मन्दिर पुनर्निर्माणका लागि सिलिन्यास रुपनी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष दिनेश कुमार यादव द्वारा सम्पन्न भएको हो । उद्योग, पर्यटन तथा वन मन्त्रालय द्वारा ले दिएको १५ लाख बाट उक्त मन्दिर को निर्माण सुरु हुन लागिएको हो ।
प्लान हेर्नुहोस :
RUPANI DEBI MANDIR PLAN
सो मन्दिरको सिलिन्यास प्रख्यात पण्डित रामकुमार सास्त्री द्वारा पुजा पाठ गरि सिलिन्यास सम्पन्न भएको थियो ।कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी , रुपनी गाउँपालिकाका लो स पा पार्टी अध्यक्ष पिताम्बर यादव ,युवा नेता मुकेश कर्ण ,उपेन्द्र चौधरी ,राजाराम यादव ,बसन्त यादव,सुर्य नारायण यादव ,शिव नारायण यादव, तथा समाजसेवी ,पत्रकार,बुद्धिजिबी,भर भलादमी लगायतका उपस्थिति रहेको थियो । उक्त मन्दिरको रकम भन्ने भोगेन्द्र यादवको पहलमा ल्याएको थियो ।