सप्तरी – रुपनी गाउँपालिकाको अध्यक्ष दिनेश कुमार यादव को अध्यक्षतामा प्रमुख अतिथि रुपनी बजार का जग्गा धनि रन सब्य समशेर थापा लाई सम्मान गरेका छन ।
२०३२ साल मा रुपनी देबीको नाम बाट स्थापना गरिएको रुपनी बजार त्यति खेरको गाउँ पनचाइत अध्यक्ष स्व .मुसहरु यादव ,कपलेश्वर यादव तथा बुद्धिजिबी खटर यादव ,चेथरु यादव ,मुनिलाला यादव ,ढोढाइ यादव ,दुखिलाल यादव ,हरिहर भगत ,स्व.भरोशी प्रसाद यादव लगायतका ब्यक्तिहरुले रायपुर गाबिसका जग्गा वालाहरु संग र काठमाडौँ कमलपोखरी बस्ने कर्नेल दिब्य शमशेर राणा बाट सबैको सहमतिमा जग्गाहरु लिई रुपनी बजारमा पलोटिंग गरि विभिन्न ब्यक्ति,ब्यापारीहरु लाई पलोट दिई बजार स्थापना गरेका थिए ।
हाल सम्म पनचाइत व्यवस्था ढले ,प्रजातन्त्र आयो ,प्रजातन्त्र ब्यबस्था ढले लोकतन्त्र गणतन्त्र आए पनि हाल सम्म उक्त पलोटमा बसेका ब्यापारी ,ब्यक्तिहरु को नाममा लाल पुर्जा बनि नसेको अवस्था थियो ।
अहिल्य आएर विभिन्न राजनीति उताब चाडबका बीच फेर बदल भए पनि यहाँ रुपनी बजारका ब्यक्ति ,ब्यापारी हरुले जग्गा धनि लालपुर्जा र आफ्नो स्वामित्व हासिल गर्न न सकेको अवस्था रहेको छ । हाल मा आएर जग्गा धनि स्वर्गीय कर्नेल दिब्य शमशेरका छोरा रन सब्य समशेर थापा संग छल फल गरि निजको नाममा रहेका २१ वटा जग्गा ,पलोट वाला हरु संग केहि रकम लिई जग्गा पास गरेका थिए ।
यता रुपनी बजार लाई व्यवस्थित गर्नको लागि यउटा उदाहरणीय काम गरेको देख्न सकिन्छ । उदाहरणीय काम गरेकोले वहा लाई काठमाडौँ बाट बोलाई रुपनी गाउँ पालिकाका नव निर्वाचित अध्यक्ष यादवले आजका कार्यक्रमको प्रमुख अतिथि बनाई हर-हुलास का साथ् रुपनी गाउँ पालिकाका ब्यापारी ,बुद्धिजीबी, लोसापा रुपनी गाउँ पालिकाका पार्टी अध्यक्ष पिताम्बर यादव ,मुकेश कर्ण ,उपेन्द्र चौधरी ,गजेन्द्र भगत लगायतका ,राजनीतिकर्मी ,पत्रकारहरुका रोहबरमा दोशाला ओढाई सम्मान गरेका थिए ।
त्यस्तै सम्पूर्ण जग्गाहरु बसोवास गर्दै आइरहेका ब्यक्ति, ब्यापारीहरुको नाममा पास गरिदिने प्रतिवद्धता जनाउदै आफ्नो निक्कै जग्गा रुपनी गाउँ पालिकामा रहेको र पास गरे सहयोग वापत आफ्नो बुवाको नाममा धर्मशाला या पुस्तकालय निर्माण गर्दिन अध्यक्ष यादव संग आफ्ना कुरा राखेका थिए ।