पक्राउ पर्नेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ७ का २० वर्षीय बिशाल बुढा मगर र दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ का ३० वर्षीय रमेश पुन मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मकुन्दप्रसाद रिजालले घोराही– १५ शान्तिनगर टोलस्थित एक पसलमा प्रतिबन्धित लागु औषधको कारोबार भइरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए।
उनीहरुको साथबाट २ ग्राम ३० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।