०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ २२, २०७९

बाङ्ग्लादेशको एक डिपोमा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा कैयौँ मान्छे घाइते भएका छन् ।

दक्षिणी सहर सीताकुण्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको बिबिसीले उल्लेख गरेको छ ।

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको घाइतेहरूको उपचार भइरहेको अस्पतालका एक चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी छन्।

आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। स्थानीय सञ्चारमाध्यमहरुले भने भण्डारणमा प्रयोग भएका केही कन्टेनरहरूमा रासायनिक पदार्थ राखिएको हुनसक्ने आशंकासहित समाचार प्रकाशित गरेका छन्।

विस्फोटका कारण वरपरका धेरै घरहरूको झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको स्थानीय सञ्चारमाध्यम पोर्टहोमालोले जनाएको छ।

घटना भएको सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटर पर पर्छ । सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको बिबिसीले प्रकाशित समाचारमा जनाइएको छ।

विस्फोट भएको कैयौँ घण्टा भइसक्दा पनि आइतबार बिहानसम्म आगो नियन्त्रणमा आएको छैन। यो डिपोमा करिब ६ सय मानिसहरूले काम गर्ने त्यसका निर्देशक मुजिबुर रहमानले एएफपीलाई बताए।

बाङ्ग्लादेशमा आगलागीका घटना बारम्बार भइरहने गरेका छन्। गत डिसेम्बरमा देशको दक्षिणी क्षेत्रमा एउटा डुङ्गामा आगलागी हुँदा ३९ जनाको ज्यान गएको थियो।

गत वर्ष राजधानी ढाका नजिकैको रूपगञ्जमा एउटा कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]