भारत – अभिनेता शक्ति कपुरका छोरा सिद्धान्त कपुर आगु औषध सेवन गरेको आरोपमा पक्राउ परेका छन् ।
बैंगलोरमा एउटा रेव पार्टीमा छापा मार्दा उनलाई पक्राउ गरिएको प्रहरीले समाचारमा जनाइएको छ । सिद्धान्त बेंगलुरु पुलिसको हिरासतमा छन् । बेंगलुरु पुलिसले मिडियालाई बताए अनुसार श्रद्धा कपुरको दाईको नाम लागूपदार्थ सेवन गर्ने ६ जना आरोपित मध्ये एकमा छ ।
३७ वर्षीय अभिनेताले ‘सुटआउट एट वडाला’, ‘हसीना पारकर’, ‘जज्बा’ र क्राइम-थ्रिलर वेब सिरिज ‘भौकाल’ जस्ता फिल्ममा काम गरिसकेका छन् । शक्ति कपुरले घटनाबारे बोल्दै भनेका छन्, “म केवल एउटा कुरा भन्न सक्छु – यो सम्भव छैन“। सिद्धान्त कपूर आफ्ना बुबा शक्ति कपूर र बहिनी श्रद्धा कपूर जस्तै अभिनेता हुन् ।
यसका अलावा सिद्धान्त कपुरले धेरै बलिउड फिल्ममा सहायक निर्देशकको रुपमा पनि काम गरिसकेका छन् । सिद्धान्त कपूर २००७ को कमेडी फिल्म ’ढोल’, २००७ को हरर कमेडी फिल्म ’भूल भुलैया’, २००६ को कमेडी मर्डर मिस्ट्र्री भागम भाग’ र २००६ मा आएको कमेडी ड्रार्मा चुप चुप के’ जस्ता विभिन्न चलचित्रहरूमा सहायक निर्देशकको रूपमा काम गरेर आफ्नो करियर सुरु गरेका थिए ।
यस्तै उनले यसपछि उनले सञ्जय गुप्ताको फिल्म ‘शूटआउट एट वडाला’ ९२०१३० बाट आफ्नो अभिनयको सुरुवात गरे र त्यसपछि अनुराग कश्यपको थ्रिलर फिल्म ‘अग्ली’ ९२०१४० मा देखा परेका थिए ।