०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ ०१, २०७९

ओखलढुंगा – जंगलबाट ल्याएको च्याउ तरकारी पकाएर खाँदा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारीमा एकै घरका दुई जनाको मृत्यु भएको छ।सँगै खाना खाएका अन्य दुई जनाको गम्भीर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ।

सँगै खाना खाएका ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछानेको मंगलबार मृत्यु भएको हो।ढककुमारीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएको हो भने मनमायाको महाराजगञ्जमा रहेको टिचिङ अस्पतालमा मृत्यु भएको हो।

मृतक ढककुमारीका पति २७ वर्षीय राजन विष्ट, हजुरआमा मनमाया विष्ट र ढककुमारी र राजनका तीन वर्षीया छोरी सरिस्मा विष्टलाई ओखलढुंगामा सामान्य उपचार गरी थप उपचारका लागि मंगलबारै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।

मनमायाको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]