मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पुरुषको डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोलसमेत फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा मोटरसाईकल चोरी अनुसन्धानको क्रममा पक्राउ परेका जिल्ला मोरङ बुढीगंगा गाउपालिका वडा नं.६ बस्ने ३२ वर्षीय विनोद चौधरीको जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं.-३ स्थित डेरा कोठामा खानतलासीको क्रममा चाइनिज पेस्तोल १ थान, सोको म्यागाजिन १ थान र गोली १ राउण्ड गोली बरामद गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिएका छन् । साथै विगत १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संलग्न १६ जना मानिसहरू र २१ थान मोटरसाईकल समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिएका छन् ।