जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि मुक्का प्रहार गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ लादोबेलास्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको समूहले उपमेयर साहमाथि आक्रमण गरेको हो ।
लादोबेलाका स्थानीय समाजसेवी एवम् दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता बेचबिखन हुन थालेकोले त्यसलाई रोक्न माग गर्दै आज नगरप्रमुख मनोज साहलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
उपमेयर साहमाथि आक्रमण हुन थालेपछि प्रहरीले उनलाई सुरक्षा दिएर कार्यकक्षमा लगेका थिए ।