०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ ०६, २०७९

गुवाहाटीबाट दिल्लीका लागि उडेको इन्डिगोको विमानमा चरा ठोकिएको छ । आइतबार उडेको केही मिनेटमै चरा ठोक्किएपछि विमानलाई गुवाहाटी विमानस्थलमा फर्काइएको थियो । अवतरणपछि सबै यात्रुहरूलाई दिल्ली जाने अर्को उडानमा राखिएको थियो र विमानको निरीक्षण गरिएको थियो ।

‘गुवाहाटीबाट दिल्लीका लागि उडेको इन्डिगो एयरबस भीटी–आइटीबी अपरेटिङ उडान ६ इ ६३९४ मा शंकास्पद चरा ठोकिएपछि गुवाहाटी एयरपोर्टमा नै फर्किएको थियो’, इन्डिगोले एक विज्ञप्तिमा भनेको छ ।
एकै दिनमा विमानले आकस्मिक अवतरण गरेको यो दोस्रो घटना हो । आइतबार नै पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा चरा ठोकिएपछि आगो लागेको थियो । आगो लागेपछि विमानलाई फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]