डलर ठगी गरेर फरार भएका एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ। प्रहरीले सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका-६ स्थायी घर भएर हाल नागार्जुन नगरपालिका -९ स्युचटार बस्ने ३३ वर्षका कुमार श्रेष्ठलाई प्रहरीले प्रक्राउ गरेको हो।
उनले गत जेठ १७ गते कलंकीको सीता पेट्रोल पम्प नजिकैबाट सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भएर ललितपुर नख्खु बस्ने ३२–३५ वर्षका पुरुषसँग आठ लाख ठगी गरेको प्रहरीले जनाएको छ।
एक जना व्यक्तिले आमा गम्भीर बिरामी भएकोले उपचारमा समस्या भएकाले आफूसँग भएको केही अमेरिकी डलर साटिदिन आग्रह गरेका थिए।
तर उनले आठ लाखको ठाउँमा कपडा तथा प्लाष्टिकको थैलीमा डलरको साइजमा काटिएका कागजका टुक्राहरू राखिदिएर ठगी गरेको प्रहरीले जनाएको छ।
श्रेष्ठविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को देहाय २४९ को ‘ठगी गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतले सात दिनको समय लिएर प्रहरी बृत्त कालीमाटीले थप अनुसन्धान गरिरहेको छ।