एजेन्सी – शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि अवस्था गम्भीर रहेको जनाइएको छ ।
न्युयोर्क राज्य प्रहरीले छुरा प्रहारको पुष्टि गर्दै उनलाई हेलिकप्टरबाट क्षेत्रीय अस्पताल लगिएको बताएको छ । रुस्दीको अवस्था गम्भीर रहेको र उनलाइ आवश्यक हेरचाह गरिएको गभर्नर क्याथी होचुलले बताइन् ।
आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिएको प्राप्त विवरणमा जनाइएको छ । सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए ।
सन् १९८८ मा प्रकाशित द सैटानिक भर्सेस लेखेपछि रुस्दीलाई इस्लामवादीहरूले ज्यान मार्ने धम्की दिएका छन् ।प्रहरीले न्यु जर्सीको फेयरभ्युबाट २४ वर्षीय हादी माटर नाम गरेका एकजना संदिग्धलाई पक्राउ गरेको न्यूयोर्क पुलिसले बताएकाे छ । उनलाई हेलिकप्टरबाट पेन्सिलभेनियाको एरीस्थित अस्पताल लगिएको छ ।