सप्तरी – सप्तरीमा प्रहरी विट अगाडि रहेको घरमा चोरी भएको छ तर प्रहरी भन्ने बेखबर रहेको स्थानीयको गुनासो ।
राजविराज नगरपालिका वडा नम्बर २ स्थित राजदेबी चौक, बसपार्क अगाडी रहेको स्थानिय श्यामदेवको घरमा आईतवार राती लाखौ बराबरको गरहना र नगद चोरी भएको छ ।
चोरी भएको घर र प्रहरी बिट १५ मिटरको दुरीमा रहेको अबस्थामा प्रहरीले थाहा पाउन सकेन । मुख्य गेटबाट हाम फालेर गएका चोरले एउटा कोठामा सुतेका श्याम देवलाई बाहिरबाट थुनेर बाँकी रहेको दुई कोठाबाट चोरी गरेका छन ।
चोरहरुले दुई वटा कोठाको चार वटा दराज तोडफोड गरेर गरगहना र नगद चोरी गरेका छन् । चोरहरुले दराजको लकरको ताल्चा फुटाएर १० तोला सुनको गहना, एक किलो चाँदीको गहना र नगद २५ हजार लगेको पिडित श्याम देव ले जानकारी दिए ।
देव घरमा एक्लै भएको अबस्थामा उनी राति खाना खाएर आफ्नो कोठामा सुतेको अवस्थामा चोरी भएको बताएको छ । बिहान उठेर ढोका खोल्दा बाहिरबाट चुकुल लागेको थाहा पाए पछि नजिकै रहेको भाइ प्रमोद देव लाई फोन गरेर बोलाएपछि ढोकाको चुकुल खोलेको बताए ।
यस अगाडी राजबिराज २ स्थित अमरदिप देव र पाण्डव सिहको घरको ताल्चा फोरी लताकपडा, गरगहना चोरी भएको १० दिनमै पुनह राजदेवी चौकको प्रहरी विट अगाडि बाटै चोरी हुनु दुःखद घटना भएको स्थानीय रामदेव यादब बताउछन ।