०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ०६, २०७९

काठमाडौँ – नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदैछ ।

सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन् । दिउँसो साढे १२ मन्त्रालयमा हुने एक कार्यक्रमका बीच सम्झौता गरिनेछ ।

बेलायतले नेपालबाट १० हजार नर्सिङ जनशक्ति लैजाने बताएको छ । तर, पहिलो चरणमा थोरै संख्यामा लैजानेगरी सम्झौता हुनेछ । पहिलो चरणमा पठाइएको जनशक्ति सफल भएमा बेलायतले त्यसपछि थप जनशक्ति लैजानेछ ।

बेलायतको नेशनल हेल्थ सर्भिसेस अन्तर्गत स्वास्थ्य संस्थाहरूमा काम गर्नका लागि नेपाली नर्स लैजाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपालबाट जी टु जी मार्फत नेपाली कामदार पहिलोपटक बेलायत जान लागेका हुन् । गत वर्षको माघमा भएको दुई देशका अधिकारीहरू बीचको छलफलमा १० हजार नेपाली नर्स बेलायत लैजाने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]