०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र १५, २०७९

काठमाडौं – चामलको कालोबजारी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

रौतहटको गौर नगरपालिका-१ रमजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारत विहार सितामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

राजेन्द्रले इन्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिङ गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्ने क्रममा ३ सय ४२ बोरा लोकल चामल, १ सय २० थान खाली बोराहरू र १ थान बोरा सिलाउने मेसिन फेला पारी उनलाई पक्राउ गरेको हो।

पसल सिलबन्दी गर्नुका साथै उनी उपर कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ।

त्यस्तै दुई दिनअघि ललितपुर महानगरपालिका वडा नम्बर ३ सुन्दरिघाटबाट यस्तै कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले प्याकेजिङ एन्ड प्रोसेसिङका नाममा विभिन्न ब्रान्डको लोगो राखी चामल विक्री-वितरण गर्ने गरेको खुलेको थियो। मोरङ विराटनगर घर भएका २७ वर्षीय एस अग्रवाल र ओखलढुङ्गा सुनकोसी गाउँपालिका घर भएका बाल कुमार भन्ने लाल बहादुर बस्नेतलाई नियन्त्रणमा लिएको हो। अग्रवाल सञ्चालक र बस्नेत म्यानेजर भएको खुलेको थियो।

उनीहरूले सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगको नाममा विना अनुमति भारतका विभिन्न कम्पनी (रघुनाथ एग्रो, वेस्ट डिल, कृष्ण राईस प्रोसेसर प्रा.लि., रहिम ईन्ड्रष्ट्रिज)बाट आयातित चामलमा उत्पादन मिति/वर्ष र उत्पादक स्थान लगायतको विवरण नखुलेका लङ्ग ग्रेन र जिरा मसिनो चामललाई विभिन्न ब्रान्ड (थकाली लङ्ग ग्रेन, मुवारक लङ्ग ग्रेन, जन्नत, जन्नत जिरा, सुवास, साँचो सोनम, थैला, कोहिनुर, जिवा, साँचो क्लासिक, मुवारक क्याटरिना जिरा, साँचो लङ्ग ग्रेन, स्पेसल अनेष्टी, सुवाश उसिना लङ्ग ग्रेन, थकाली क्याटरिना, थकाली शाही बासमती, थकाली सोनम, थकाली उसिना, घैला सोना राईस) लगायतका लोगो राखी खाद्य अनुज्ञापत्र अनुमति नलिई विभिन्न ब्रान्डका लेबल राखी प्याकेजिङ गरी विक्री वितरण गरेको खुलेको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहलबाट समेत खटिएको टोलीले उद्योगमा छापा मारी उद्योगमा रहेको एक लाख असी हजार तिस किलो चामल तथा प्याकेजिङका लागि राखिएका विभिन्न ब्रान्डका खाली ब्याग, प्याकेजिङ मेसिन एवं बिग्रिएको अवस्थामा रहेको ४७ हजार ४ सय ६० किलो चामल बरामद गरेको थियो।

चाडपर्व नजिकिदैं गर्दा यस्ता मिसावट र कालोबजारी बढ्दै गएकाले प्रहरीले संक्रिया बढाएको छ। केही दिन अघि मात्र प्रहरीले नक्कली रक्सी उत्पादन गरेर बिक्री वितरण गर्नेलाई पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]