०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – दक्षिणी सीमा गुलरिया नगरपालिकाको रजनवामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अवरोधले कल्भर्ट निर्माण रोकिएको छ । सदरमुकाम गुलरियाको रजनवादेखि पूर्व-पश्चिम राजमार्ग जोड्ने बारबर्दिया नगरपालिकास्थित रम्मापुर जोड्ने उत्तर-दक्षिण सहायक राजमार्ग निर्माण भइरहेको छ ।

चित्तलहाका एसएसबीले दसगजामा खाडल भएको ठाउँमा कल्भर्ट निर्माण गर्न रोक लगाएको छ ।दसगजादेखि करिब ५० मिटर वरसम्म सडक निर्माण गरिए पनि कल्भर्ट निर्माण रोकिएपछि ठूला सवारी साधन नेपाल-भारत आउजाउ नहुने निश्चित छ । सीमामा तैनाथ सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले उक्त सडक नाका नभएको र दसगजामा दुबै मुलुकका सरकारको अनुमतिमा मात्रै संरचना निर्माण गर्न पाउने प्रावधान रहेको बताए ।‘यहॉ नाका बनाउने योजना भइरहेको छ । नाका बन्न साथ दसगजामा कल्भर्ट निर्माण गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘यहाँको दसगजामा पुरानो सानो कल्भर्ट जीर्णो अवस्थामा रहेको छ । दसगजा मिचेर भारतले चित्तलहवामा कालोपत्रे सडक निर्माण गरेको छ ।’करिब दुई महिनाअघि सडक निर्माणमा एसएसबीले अवरोध गरे पनि दुबै मुलुकका सुरक्षा अधिकारीको सहमतिमा दसगजादेखि ५० मिटर वर काम गर्न दिएको छ ।

निर्माण कम्पनी पिआरएल कुमार जेभी, काठमाडौंले पूर्व-पश्चिम राजमार्गको रम्मापुरदेखि गुलरियास्थित रजनवासम्म सडक निर्माण भइरहेको छ । जेभीका ईन्जिनियर अशोक देवकोटाले दसगजामा कल्भर्ट निर्माण रोकिएको बताए । ‘सडक निर्माण भने भइरहेको छ’,उनले भने, ‘दसगजासम्म सडक निर्माण रोकिए पनि गुलरिया हुँदै रम्मापुरसम्म काम भइरहेको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]