२९ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र १५, २०७९

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेता रेणु यादवका छोरा तथा प्रदेश सांसद अभिषेक यादव यस पटक उम्मेदवार सिफारिसमै छुटेका छन् ।

उनले विगतमा आफू निर्वाचित भएकै सप्तरी ४ को ‘ख’ बाट उम्मेदवार दोहोरिन चाहेका थिए । तर १२ भदौमा बसेको क्षेत्रीय समितिको बैठकले प्रदेशसभा सदस्य उम्मेदवारमा अनिरुद्रकुमार सिंह यादवको नाम एकल रुपमा सिफारिस गरेको छ ।

अनिरुद्र बोदे बर्साईन नगरपालिका मेयर आतेशकुमार सिंहका बाबु हुन् भने राष्ट्रियसभा सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवका भाइ हुन् ।

२०७४ को निर्वाचनमा अभिषेक यो क्षेत्रबाट ९ हजार ६०५ मत ल्याएर निर्वाचित भएका थिए । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका विवेकानन्द झाले ७ हजार ३३६ मत पाएका थिए ।जसपाका क्षेत्रीय अध्यक्ष मनोज यादवले अनिरुद्रको नाममा सर्वसम्मति भएकाले एक जनाको मात्र नाम सिफरिस गरेको बताए ।

यो क्षेत्रबाट समानुपातिक निर्वाचन पद्धतितर्फ गीता यादव, किरणदेवी यादव, भजनी देवी ठाकुर, विमला देवी यादव र मोहम्द अजमत अलीको नाम सिफारिस गरेको अध्यक्ष यादवले बताए ।
यसअघि पार्टीले अभिषेकको नाम पार्टीको प्रदेश कमिटीबाट पनि हटाएको थियो । स्थानीय कार्यकर्ताले यसलाई पार्टीले कार्वाहीको गरेको रुपमा बुझ्न थालेका छन् ।

अभिषेकले क्षेत्रीय समितिको निर्णयमा आपत्ति जनाएका छन् । आफूले पार्टी पनि नछाडेको, राजीनामा पनि नदिएको अवस्थामा यस्तो निर्णय गरिनु दु:खद भएको उनले प्रतिक्रिया दिए । उनले आफू चुनावमा उम्मेदवार बन्ने दावी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]