०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०४, २०७९

काठमाडौं – चार्डपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न काठमाडौं प्रहरीले विशेष सुरक्षा योजना तयार पारि लागु गरेको छ । दशैं तिहारका लागि प्रहरीले चोरी, डकैती, झगडा, लगायतका अपराध गतिविधिलाई कम गर्नको लागि सुरक्षा योजना लागु गरेको प्रहरीले जानकारी दिएको छ।

चार्डपर्वलाई लक्षित गर्दै राजधानीमा करिब ३ हजार ३ सय ४३ जना बर्दी र सादा पोशाकमा प्रहरी खटाइने भएको प्रहरीले जानकारी दिएको छ एसएसपी।

दशैंमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र मोटरसाइकलमा समेत प्रहरी परिचालन गर्ने छ। विभिन्न स्थानमा विभिन्न सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौंका मुख्य चोक, व्यापारीक केन्द्र, आर्थिक कारोबार हुने ठाउँमा निगरानीको लागि सीसी क्यामरा समेत जडान गरेर निगरानी बढाइएको छ। त्यस्तो ड्रोनबाट पनि तस्विर लिएर सुरक्षा प्रदान गर्ने प्रहरीले जानकारी दिएको छ। नाकादेखि अन्य स्थानमा प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिने एसपी दिनेशराज मैनालीले जानकारी दिए।

कुनै ठाउँमा घटना भइरहेको जानकारी आएमा ५ देखि ७ मिनेटमा पुग्ने गरि व्यवस्था समेत गरिएको प्रहरीको दाबी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]