०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०४, २०७९

सप्तरी – संविधान दिवसको अवसरमा मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले दिएको आममाफी पाउनेमध्ये सदरुल मियाँ हकको छोरी रुबेदा खातुनले पनि आममाफी पाएकी छिन् ।

२० असार २०७३ मा जिल्ला अदालत, सप्तरीले रुबेदा लाइ जन्मकैदको फैसला गरे पनि उनी ९ वर्षमै रिहा भएकी छन् । राजविराज कारागारमा रहेकी उनलाई सोमबार रिहा गरिएको छ ।

आफ्नो प्रेममा बाधक बनेको भन्दै रुबेदाले आमा नुरजहाँ को सहमतिमा योजना बनाई आफ्नै बुवा संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्या गराएकी थिइन् । हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएकी रुबेदाकी आमा नुरजहाँ भने २० साउन २०७४ मै थुनामुक्त भइसकेकी छन् ।

६ जेठ २०७० को राति हकको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । हक २८ चैत २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सप्तरीको तत्कालीन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]