सप्तरी – दलहरूमाथि मानिसको विश्वास धमिलो हुँदै गएको प्रस्ट देखिन्छ यसर्थ स्वतन्त्र उम्मेदवारहरुको चर्चा बढिरहेको छ । धेरै जना त संसदिय निर्बाचनको लागी आफ्नो उम्मेद्वारी घोषणा र प्रचार प्रसारमा सक्रिय हुन थालिसकेका पनि छन्।
यस्तै मधेश प्रदेश सप्तरी क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यको लागि सताकोशी नगरपालिका १ फत्तेपुरका सम्भु बहादुर खड्काले एक कार्यक्रममा मधेश प्रदेश सप्तरी क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्य स्वतन्त्र उमेदबारको स्व घोषणा गर्नु भएको छ भने उक्त कार्यक्रममा विजयादशमीको शुभकामना आदान प्रदान समेत गरिएको थियो।
त्रियुगा सहकारी संस्थाका व्यवस्थापन समितिका अध्यक्ष तथा राष्ट्रिय सहकारी बिकास बोर्डको सदस्य समेत रहेका खड्का आगामी मंसिर ४ मा हुनगैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचनमा घोषणा पत्रमा मात्र हुने घोषणा लाइ साचिकै ब्यबारमा उतार्ने प्रतिबद्ता गर्नुभय, र जनता संग गरेको बाचालाई पुरागर्न लाइ स्वतन्त्र उम्मेदवारहरु अझ सजिलो हुने बताउनु भएको छ।