सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ३५०४२ मत ल्याएर बिजयीजि भएका छन् । उनी सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा बिजय हुन पुगेका हुन् ।
पछिल्लो मतपरिणामानुसार उनले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पछाडि पारेका छन् । राउतले ३५ हजार ४२ मत पाएका छन् । दोस्रो स्थानमा रहेका यादवले १६ हजार ९७९ मत ल्याएका छन् ।
राउत १८ हजार ६३ को फराकिलो मतान्तरले बिजय भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।