सप्तरी – लक्ष्मी लघुवित वित्तीय संस्था लि .शाखा कार्यालय रुपनी द्वारा वित्तिय शाक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
१२ औं वार्षिकोत्सव को अवसरमा रुपनी शाखाले वित्तिय शाक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । शाखाले अग्निसाइर कृष्ण सवरण गा पा १ मा रहेको श्री ठाकुर सिं मा बि मा कक्षा ११ र १२ मा अध्यनरत बिधार्थीहरु माझ संस्थामा अवध रहेका सदस्यहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा विद्यार्थी किशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको संस्थाका प्रमुख संजय गुरागाईंले जानकारी दिए ।