३० कार्तिक २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १०, २०७९

बिरगंज – बिरगंजमा प्रहरीले एकैदिन दुई करोडभन्दा बढी मूल्यको तस्करीको सामानसहित तीनवटा सवारी साधन बरामद गरेको छ।

भारतबाट राजश्व छलेर भित्र्याइएको आशंकामा सोमबार प्रहरीले बिरगंजको ड्राइपोर्ट चोक र आदर्शनगरबाट ती मालसामान सहितको दुईवटा ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिएको हो।

बिरगंजको आइसिपी हुँदै काठमाडौं जाँदै गरेको बीआर ०५ जी ९४९१ नम्बरको पिकअप गाडी वीरगन्ज २६ ड्राइपोर्ट चोकबाट, ना ५ ख ३८४७ नम्बरको ट्रक र बाप्र ०३–००१ ख १२६४ नम्बरको ट्रक वीरगन्ज १० आदर्शनगरबाट प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा तीनवटै मालवाहक गाडीबाट बिलबिजक नभएका करिब २ करोड १२ लाख ९२ हजार ४५२ रुपैयाँ मूल्यको लत्ताकपडा र खुद्रा सामानहरू बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

बिलबिजक बेगरका सामान फेला परेपछि तीनवटै गाडी अनुसन्धान तथा आवश्यक कारबाहीका लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरीले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]