सप्तरी – सप्तरीको रुपनी गाउँपालिका वडा न.१ नकटि रायपुरमा भएको आगलागिबाट अग्नि पिडित परिवारलाई एक संस्थाले राहत वितरण गरेका छन ।
गाेठमा लामखुट्टे बाट बच्न बालेकाे आगाे ( घुर)बाट गएराती अनदाजी ११ बजे भएकाे आगलागिमा तेज नारायण यादब ,रामबिलास यादब ,माया राम यादब र अनिल यादब सहितकाे घर तथा घरमामा रहेका सम्पुर्ण सर समान जलेर झन्डै १५ लाख ५२ हजार मूल्य वरावरकाे क्षति भएको थियाे । यसैबिच अग्नि पिडित परिवारलाई धर्मि हल्फा महिला विकास क्लवले
राहत स्वरुप त्रिपाल ,भाडाकुडा ,साडि ,धाेति ,थाल,ग्लास,झुल,तन्ना,डेक्चि लगायतका विभिन्न सामग्रीहरु वितरण गरेकाे क्लवका अध्यक्ष एवम समाजसेवि ई. सुर्य नारायण यादवले जानकारि दिएका छन ।
साे राहत वितरणमा युवा पत्रकार निखिल राउत,ब्रिजमान तमाङ्ग,बिन्दु कुमार यादब ,प्रहरी चाैकि रुपनीका प्रतिनिधि,रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादब ,समाजसेवि ,बुद्धिजीवी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
विगत लामाे समयदेखि निस्वार्थ भावनाले आफ्नाे वुवा आमाकाे नामबाट सप्तरीको विभिन्न नगरपालिका तथा गाउँपालिकाकाे विभिन्न वडाहरुमा पुगेर क्लवका अध्यक्ष एव समाजसेवि ई. यादवले राहत वितरण गरेर जिल्लाकाे लागि नमुना कार्य गर्दै आएका छन ।