आकस्मिक सेवाहरु बाहेक अर्को सूचना प्रकाशन नहुन्जेल सम्म अग्निसाइर कृष्णासवरण गाउँपालिकाका सम्पूर्ण काम काज स्थगन गरिएको हो।
सूचना का अनुसार फाल्गुन १७ गत्ते अग्निसाइर कृष्णासवरण गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले मादक पदार्थ सेवन गरि निजले प्रयोग गर्दै आएको सरकारी न. प्लेटको गाडी नम्बर स.१ झ ५०८ मा सवार भई कार्यालय समय भित्र कार्यालयमा प्रवेश गरि कार्यालयको सम्पूर्ण कर्मचारीहरु लाई गाली गलौच अपशब्द ,थर्काउने जस्ता अनुचित कार्य एबम आफुले धारण गरेको सार्वजनिक पद एबम मर्यादा बिपरितका कार्यहरु गरेकोले, आकस्मिक सेवाहरु बाहेक अर्को सूचना प्रकाशन नहुन्जेल सम्म अग्निसाइर कृष्णासवरण गाउँपालिकाका सम्पूर्ण काम काज स्थगन गरिएको व्यहोरा उलेख गरिएको छ ।
यता गाउँपालिका अध्यक्ष संग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।
सूचनाको तस्बिर