०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ३२, २०८०

सप्तरी – यहि शुक्रवारदेखी प्रदर्शन हुने बहुप्रतिक्षित दक्षिण भारतिय फिल्म आदिपुरुष प्रदर्शनको संघारमै आइपुगेपछी विवादमा मुछिएको छ ।

नेपालमा प्रदर्शनका लागी झमेला आईपरेको छ । फिल्ममा राखिएको ‘जानकी भारतिय छोरी हुन्’ भन्ने संम्वादका कारण नेपालमा सेन्सर पास हुन सकेको थिएन । अन्ततः नेपालमा त्यो सम्वाद काटिने भएपछी सेन्सर फुकुवा भयो । तर, भारतमा भने उक्त सम्वाद यथावत बताईएको छ ।

भारत प्रदर्शनमा यो सम्वाद यथावत रहने भएपछि काठमाडौ महानगरपालिका मेयर बालेन शाहले भारतमा समेत सो सम्वाद सुधारिदैन भने काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने अभिव्यक्ति दिएका छन् ।

बिहिवार आदिपुरुषको एक पोस्टर सहित मेयर शाहले फेसबुकमा यस्तो लेखेका छन् ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]