काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् ।
यही कात्तिक तेस्रो साता कतारी अमिर शेखले नेपालको २ दिने भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कतारी अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् । यसैगरी उनले अन्य उच्चस्तरीय भेटवार्ताको समेत तयारी छ ।
कतारी अमिरको भ्रमणका अवसरमा केही महत्वपूर्ण विषयमा सम्झौताको गृहकार्य गर्ने भनिए पनि विषय खुलाइएको छैन । यसअघि २०७५ सालमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको कतारको भ्रमणका क्रममा अमिर शेखतमिम विन हमाद अल थानीसँग भेटवार्ता गरेकी थिइन् ।