सप्तरी – आगामी कार्तिक ११ गते देखी कार्तिक २६ गतेसम्म चल्ने सांस्कृति पर्यटन तथा कृषि ब्यापारीक मेलाको लागि सप्तरी कलाकार संघ नेपालले एकिबधता जनाएको छ ।
२०८० कार्तिक ११ गते बाट संचालन हुने रमाइलो मेलामा सप्तरी कलाकार संघ नेपाल को पृथक सहयोग रहने छ । सप्तरी कलाकार संघ नेपाल का अध्यक्ष कारण शर्माका अनुसार १२ गते देखि २६ सम्म संचालन हुने रमाइलो मेलामा सप्तरी कलाकार संघले आफ्नो बेजोड प्रस्तुति प्रतेक दिन देखाउने भएको छ ।
यस रमाइलो मेलोको मुख्य आकर्षण रोटे पिङ्ग , टिकटक स्पोर्ट ३६० डिग्री घुम्ने ,ब्रेक डान्स ,ड्रेगन र बजार भन्दा कम मुल्यमा जुत्ता ,चप्पल ,लत्ता कपडा लगायत कृषि उपकरण हरुको पनि प्रदर्सनी हुने भएको छ । साथै ज्योति मगर ,शिव परियार ,रामलाल , प्रिती पासवान जस्ता अनेको ख्याती प्राप्त कलाकार हरु रहने मेलाका संयोजक सतेन्द्र यादवले जानकारी दिएका छन
मेलाका आयोजकका अनुसार राष्ट्रका ख्याती प्राप्त कलाकारहरु लाई सप्तरीमा हुने महत्सोवको सप्तरीमा मात्र नभई नेपाल अधिराज्य भरि फैलाउने गरि कलाकारहरुलाई निम्त्याई आफ्नो बेजोड प्रस्तुति देखाई सप्तरी का कलाकार हरु लाई पनि राष्ट्र स्तर का कलाकार हरु संग मध्यस्कर्ता गराउने मेलाका आयोजक सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवले जानकारी दिएको छन ।
पन्ध्र दिनसम्म चल्ने मेलामा स्थानीय कलाकार, राष्ट्रय कलाकार तथा अन्तराष्ट्रय कलाकार हरुको प्रस्तती लगायतका झाकी ,साँस्कृतिक कार्यक्रम समावेश गरिने र मेला सम्पन्न गर्न करिव ६४ लाख लाग्ने मेलाका सह -संयोजक कमल किशोर साहले जानकारी दिएका छन ।