नेपाल र ओमान समुह ए बाट सेमिफाइनलमा पुगिसकेकाले यो खेलले समुह विजेता र उपविजेताको टुंगो लगाउने छ । नेपालको प्रयास ओमानलाई पराजित गरेर समुह विजेता हुदै सेमिफाइनल खेल्ने हुने कप्तान रोहित पौडेलले बताएका छन् ।
विश्वकप छनौटमा नेपाल र ओमानले सिंगापुर र मलेसियालाई पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् । समुह ए बाट सिंगापुर र ओमान सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । यद्यपी दुवैबीच आज १:१५ बजेदेखि टियु मैदानमै खेल हुदै छ ।
नेपाल र ओमानबीच अहिलेसम्म ४ टी- २० खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने ओमानले एक खेल जितेको छ ।
त्यस्तै आज समुह बी का समुह चरणका अन्तिम खेल पनि हुदै । जसमा युएईले हङकङको सामना गर्दै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि हुदै छ । त्यस्तै बहराइनले कुवेतको सामना गर्दै छ । यो खेल अपराहन्न १: १५ बजेदेखि मुलपानी मैदानमै हुने छ ।
समुह बि मा सेमिफाइनलको दौडमा युएई, बहराइन र हङकङ रहेका छन् भने कुवेत सेमिफाइनलको दौडबाट बाहिरिएको छ । युएईले आफ्ना दुवै खेल जितेर ४ अंक हासिल गरेको छ भने बहराइन र हङकङले २-२ खेलमा एक एक खेल जितेर २-२ अंक हासिल गरेका छन् ।
नेपालको सम्भावित प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, ललित राजबंशी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।