२१ पौष २०८१, आइतबार
wait Please...

अनवर अलि

सोमबार, मंसिर १८, २०८०

काठमाडौँ – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुक बाहिरै ८० प्रतिशत शेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

राजश्व विभागलगायतका निकायलाई एनसेलको सेयर खरिदको तत्काल छानबिन गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले सोमबार एनसेलको शेयर बिक्रीबारे चासो व्यक्त गर्दै अध्ययनको निर्देशन दिएका हुन्।

प्रधानमन्‍त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएको बताइएको छ ।

एनसेलको शेयर बिक्रीबारे संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]