२१ आश्विन २०८१, सोमबार
wait Please...

अनवर अलि

बिहिबार, मंसिर २१, २०८०

काठमाडौं- धादिङको कृष्णभिरमा मृत फेला परेका पत्रकार प्रकाश ढकालको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ढकालको हत्या आरोपमा जिल्ला प्रहरी कार्याल धादिङले ४ जनालाई पक्राउ गरेको हो ।

धादिङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सन्तोष परियार, निलबहादुर दर्जी, समीर विक र रविराज सुवेदी छन् । पक्राउ परेका ४ जनामध्ये १ जना बसका साहु, १ जना चालक र २ जना सहचालक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पत्रकार एवं कलाकारसमेत रहेका ढकाल तिहारमा आफ्नो घर स्याङ्जाको चापाकोट गएका थिए । स्याङ्जाबाट काठमाडौं फर्किने क्रममा बसमा विवाद भएपछि कुटपिट गर्दै बसबाट झारेको पाइएको जनाएको छ।

उनीहरुले विवाद भएपछि रातिको समयमा बसबाट ढकाललाई झारेका थिए । ४ दिनदेखि हराइरहेका ढकालको शव मंसिर ४ गते कृष्णभिरमा भेटिएको थियो ।

त्रिशुली नदीमा र्याफ्टिङ गर्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव संकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]